हवल्दार चोकबाट ब्राउनसुगरसहित चार जना पक्राउ
![हवल्दार चोकबाट ब्राउनसुगरसहित चार जना पक्राउ](https://janaaastha.prixacdn.net/media/albums/pakrau_news_sXy09N8T3z.png)
झापामा लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिकाका २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई, २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेको प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको टोलीले उनीहरुलाई हवल्दार चोकबाट २ ग्राम ब्राउन सुगरसहित गएराति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुले उक्त लागूऔषध निशान नेपालीबाट खरिद गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू