साढे तीन किलो चरेससहित दुई नेपाली भारतमा पक्राउ

साढे तीन किलो चरेससहित दुई नेपाली भारतमा पक्राउ

भारतमा ठूलो परिमाणमा चरेससहित दुई नेपाली पक्राउ परेका छन् । 

उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

सोमबार बेलुकी ७ बजेतिर उनीहरुको साथबाट तीन किलो ६८० ग्राम चरेशबरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको छ ।

टिप्पणीहरू