घरमा चरेश थुपारेका वृजेश मध्यराति समातिए

घरमा चरेश थुपारेका वृजेश मध्यराति समातिए

पर्साको कालिकामाई गाउँपालिकाका एक युवकलाई प्रहरीले १० केजी चरेशसहित घरबाटै समातेको छ ।

कालिकामाई-१ तिनदुवियाका ३८ वर्षीय वृजेशप्रसाद कुर्मी गएराति चरेश रंगेहात पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर खोजतलास गर्ने क्रममा उक्त लागूऔषध फेला परेको जनाइएको छ ।

पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू