ब्राउनसुगर बोकेर हिँडेका इलामका सुरेश बिर्तामोडमा समातिए

ब्राउनसुगर बोकेर हिँडेका इलामका सुरेश बिर्तामोडमा समातिए

झापाको बिर्तामोड नगरपालिकामा लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

इलामको चुलाचुली गाउँपालिका ४ का २७ वर्षीय सुरेश लिम्बू १६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित गएराति समातिएका हुन् । 

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई बिर्तामोड नगरपालिका ३, पुण्डरी चोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू