मिटरब्याजी पीडितसँग बाटैमा उठीउठी वार्ता

मिटरब्याजी पीडितसँग बाटैमा उठीउठी वार्ता

प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डसमक्ष आफ्ना माग राख्न हिँडेका मिटरब्याजी पीडितहरुसँग सरकारी अधिकारीहरुले मूल बाटोमा उठीउठी वार्ताको प्रयास गरेका छन् । महोत्तरीको बर्दिबासबाट पैदल हिँडेर आएका प्रदर्शनकारीलाई बाटैमा रोकेर वार्ता गर्न खोजिएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गइरहेका पीडितलाई भाटभटेनी मन्दिर नजिकै रोकेर गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र काठमाडौंका सिडिओ घनश्याम उपाध्यायले उभिएर वार्ता थाल्न अनुरोध गरेका हुन् । 

उनीहरुले प्रधानमन्त्री बाहेक अरुसँग कुराकानी नगर्ने बताएका छन् । हिजो बिहान काठमाडौं आएका उनीहरु अहिले सिडिओको अनुरोधपछि खुल्लामञ्चतर्फ फर्केको बताइएको छ । हिजो राति खुल्लामञ्चतर्फ जान नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकपेटीमा बास बसेका हुन् ।

टिप्पणीहरू