ठाउँ-ठाउँमा गाँजाको भारी, भारतीय र नेपाली पक्राउ

ठाउँ-ठाउँमा गाँजाको भारी, भारतीय र नेपाली पक्राउ

मोरङमा लागूऔषधसहित एक नेपाली र चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

रंगेली नगरपालिका–२ चेका खोलास्थित बाँसघारीबाट गएराति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत घर भएका २९ वर्षीय दिपक झा, ३० वर्षीय सिन्टुक कुमार सिंह, २४ वर्षीय प्रविण पासवान, २४ वर्षीय विष्णुकान्त मिश्र र रंगेली नगरपालिका–३ रंजलीका ४६ वर्षीय वीरबहादुर कार्की रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले २ सय ३४ केजी गाँजा बरामद गरेको छ । प्रहरी चौकी अमाहिवारियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको बताइन्छ । 

प्रहरीका अनुसार गएराति रंगेली नगरपालिका–२ चेका खोलास्थित बाँसघारीबाट एक सय ५० केजी गाँजासहित भारतीय दिपक र सिन्टुक पक्राउ परेका थिए । यस सम्बन्धमा थप अनुसन्धान गर्दा रंजनीका वीरबहादुरको घर नजिक रहेको बाँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा ८४ केजी गाँजा फेला पारी उनीसहित ३ जनालाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका पाँच जनामाथि नै थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू