कोकिन बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय विमानस्थलमा समातिए

कोकिन बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय विमानस्थलमा समातिए

आज बिहान नयाँ दिल्ली उड्न लागेका एक जना भारतीय त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । इण्डिगो एअरको उडानमा बिहान पौने ११ बजे काठमाडौंबाट प्रस्थान गर्ने क्रममा उनको झोलामा कोकिन फेला परेको बताइएको छ । 

इन्डिगोको उडान नम्बर ६इ०३२ का यात्रु भारतीय नागरिक भानलाल लाअमीको लगेज चेक गर्ने क्रममा ३ केजी कोकिन फेला परेको बताइन्छ । भी ७२३८६७९ परिचय पत्र भएका उनी प्रस्थान कक्षमा विमानको टिकट जाँच गर्नुअघि एक्सरे कक्षमा कोकिनसहित समातिएका हुन् । 

भानलाललाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पुर्याएको छ ।

टिप्पणीहरू