४० लाख जरिवाना छल्न भागेका तारालाल समातिए

४० लाख जरिवाना छल्न भागेका तारालाल समातिए

बैंकिङ्ग कसूर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको मेघाङ गाउँपालिका–५ टक्सारका ४३ वर्षीय तारालाल विश्वकर्मा आज पक्राउ परेका हुन् । 

उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले बैंकिङ्ग कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई १५ दिन कैद र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । तर, फैसलालगत्तै फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले आज काठमाडौँको सुन्धाराबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका विश्वकर्मालाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू