साढे २ क्विण्टल गाँजासहित भारतीय पक्राउ

साढे २ क्विण्टल गाँजासहित भारतीय पक्राउ

मोरङमा ठूलो परिणाममा गाँजा फेला परेको छ । दुई सय ३४ केजी गाँजासहित चार भारतीय नागरिक र एक नेपालीलाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेकोे बताइएको छ । 

पक्राउ पर्नेमा भारतको बिहार, अररिया जिल्लाका २९ वर्षीय दिपक झा, ३० वर्षीय सिन्टुक कुमार सिंह,  २४ वर्षीय प्रवीण पासवान र २४ वर्षीय विष्णुकान्त मिश्र हुन् । त्यस्तै रंगेली ३ का ४६ वर्षीय वीरबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका सबैलाई मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा ७ दिन म्याद थपेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू