पशुपति जाँदा प्लास्टिकका झोला लैजान नपाइने

पशुपति जाँदा प्लास्टिकका झोला लैजान नपाइने

पशुपति क्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्रीका कारण पाशुपात क्षेत्र बढी फोहोर भएकाले बन्देज लगाएको हो। 

आज सूचना प्रकाशित गर्दै कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याइदिन आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा गत फागुन २५ गतेदेखि ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ सञ्चालन गरिएको बृहत् सरसफाइ अभियानमा सहभागि भई सहयोग गरिदिनसमेत सूचनामार्फत अनुरोध गरिएको छ । 

सूचनामा भनिएको छ, ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिनुका साथै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सफल बनाउन हामी सबै जुटौँ भन्ने अनुरोधसहित यो सूचना जारी गरिएको छ ।’

टिप्पणीहरू