वसन्त ऋतु लागेसंगै हिमाल चढ्नेको लर्को

वसन्त ऋतु लागेसंगै हिमाल चढ्नेको लर्को

यो वर्षको वसन्तमा सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अनुमति माग्नेहरुको संख्या बढेको छ । 

सगरमाथा चढ्नका निम्ति हिजोसम्म चार टोलीका ३१ जनाले अनुमति लिएका छन् । जसमा २४ जना पुरुष र सात जना महिला रहेका छन् । पर्यटन विभागकाअनुसार पाँच टोलीले अन्नपूर्णका लागि अनुमति पाइसकेका छन् । उक्त टोलीमा ३८ पुरुष र १६ महिला गरी ५४ जना छन् । 

सुर्मा–सरोभर हिमाल आरोहण गर्न दुई जनाले अनुमति पाएका छन् । त्यस्तै, एक टोलीका ६ जनाले पंग्री गोलडुम्बा हिमाल चढ्नका लागि अनुमति लिएको विभागले जनाएको छ । 

१५ जनाले मनास्लु, पाँच जनाले ल्होत्से, तीन जनाले नुप्त्से हिमाल आरोहण गर्ने भएका छन् । थोरेङ पिक चढ्न पाँच र बरुन टिसे चढ्न ९ जनाले अनुमति पाएका छन् । हिमाल आरोहण गर्नेमा अधिकांश पुरुष रहेका छन् । 

१०९ जना पुरुष र ३३ जना महिला गरी १४२ जनाले आरोहण अनुमति लिएका छन् । ती आरोही अष्ट्रेलिया, अस्ट्रिया, बेलारस, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जापानलगायतका मुलुकका नागरिक हुन् ।
 

टिप्पणीहरू