खसीबोका किन्ने बहानामा घर छिर्दै, चोरी गर्दैै

खसीबोका किन्ने बहानामा घर छिर्दै, चोरी गर्दैै

दोलखामा खसीबोका किन्ने बहानामा घर छिरेर चोरी गर्ने गिरोह समातिएको छ । भीमेश्वर नगरपालिकाको लाकुरीडाँडामा खसीबोका किन्ने बहानामा चोरी गर्दै हिँडेका दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

खसीबोका किन्ने बहानामा गाउँलेको घर छिर्ने, सुन तथा नगद लुट्ने र अन्य सामान चोर्ने गरेको पत्ता लागेपछि उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । नगरपालिकाको ९ नम्बर वडा, भण्डारेका स्थानीयले रंगेहात पक्रेको बताइएको छ ।

कुटपिटपछि चोरहरुलाई स्थानीयले प्रहरीलाई बुझाएका छन् । किरण तामाङ र सुस्मिता तामाङले उनीहरुको गतिविधि शंकास्पद लागेपछि गाउँलेलाई खबर गरेका थिए । चोर दुईमध्ये एक जना स्थानीय ७ नम्बर वडाका हुन् । अर्का एक जनाले आफ्नो घर जिरी बताएका छन् । उनीहरुको साथबाट मोबाइल, सुन र केही नगद बरामद गरिएको बताइएको छ।

टिप्पणीहरू