बेइजिङका सडकमा गुड्न थाले चालकरहित ट्याक्सी

चीनको राजधानी बेइजिङमा चालकरहित ट्याक्सीहरु गुड्न थालेका छन् । बेइजिङको वाह्य शहरी क्षेत्रका सडकमा चालकरहित ट्याक्सीले यात्रु बोक्न थालेको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनमा विकसित यो प्रविधिबाट यातायात क्षेत्रमा नयाँ अध्यायको थालनी भएको छ । यसले यातायात क्षेत्रमा प्रविधिले अर्को  फड्को मार्ने विश्वास राखिएको छ । 

मार्च महिनाको शुरुदेखि ‘चाइना टेक जायन्ट बेदु’ र ‘अटोनोमस भेहिकल स्टार्टअप पोनी एआई’ लाई रोबोट ट्याक्सी सेवा सञ्चालन गर्न इजाजत पत्र प्रदान गरिएको जनाइएको छ । बेदुले सन् २०२५ भित्र ६५ वटा शहरमा रोबोट ट्याक्सी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । सन् २०३० भित्र एक सयबढी शहरमा आफ्नो सेवा विस्तार गर्ने बेदुको योजना छ । 

चिनियाँ अधिकारीहरुले सन् २०३० भित्र ‘सेल्फ ड्राइभिङ ट्याक्सी सेवा’ मा धेरै विकास भइसक्ने अपेक्षा राखेको छन् । त्यो बेलासम्म चीनको सेल्फ राइड बजारले ६० प्रतिशत हिस्सा ओगट्ने अनुमान छ ।

चिल्ला र फराकिलो बाहेक अन्य सडकमा पनि रोबोट ट्याक्सी सहज रुपमा गुड्न सक्ने बताइएको छ । यसले निजी सवारी साधनको प्रचलन र आमनागरिकको जीवनमा उल्लेख्य परिवर्तन ल्याउने धेरैको विश्वास छ ।

टिप्पणीहरू