राष्ट्रपति पशुपति,प्रधानमन्त्री भरतपुर जाने तयारी

राष्ट्रपति पशुपति,प्रधानमन्त्री भरतपुर जाने तयारी

राष्ट्रपति रामचन्द्र पौडेल आज पनि पशुपतिनाथको दर्शन गर्न जानुहुने भएको छ । उहाँ बिहान ११ बजे पशुपतिनाथको मन्दिर पुग्ने बताइएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भरतपुरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँले बिहान भरतपुर विमानस्थलको टर्मिनल भवन विस्तारको शिलान्यास गर्ने कार्यसूची छ । 

त्यसपछि उहाँ कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसै राजधानी फर्कनुहुनेछ । आजै साँझसम्म मन्त्रिमण्डल विस्तार र नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रमको तयारी पनि सँगसँगै गर्न लागिएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू