वडा अध्यक्षसहित प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

वडा अध्यक्षसहित प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस काण्डमा समातिएका छन् । उनीहरु ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

आयोगको सम्पर्क कार्यालय, बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा विचौलिया विनोद भरसमेत छन् । 

गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । अख्तियार टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरेको आयोगको कार्यालय बुटवलले जनाएको छ ।

मरासिनी एक महिना अगाडि मात्र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर उक्त गाउँपालिकामा आएका थिए ।

टिप्पणीहरू