माछा मार्न ससुराली घर स्याङ्जा पुगेका चिनियाँ साथीहरुसहित पक्राउ

माछा मार्न ससुराली घर स्याङ्जा पुगेका चिनियाँ साथीहरुसहित पक्राउ

अत्याधुनिक मेसिन र अन्य सामान बोकेर माछा मार्न स्याङ्जा पुगेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु अर्जुन चौपारी गाउँपालिका ३, चिन्नेबासस्थित दरौखोलामा माछा मारिरहेको अवस्थामा पक्राउ परेको बताइएको छ ।

उनीहरुलाई अर्जुन चौपारी प्रहरी चौकीको टोलीले माछा मार्दा लगाइने बिजुली मेसिन, जाल, जालीसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । एक महिला र दुई पुरुष चिनियाँ बा.१२ च २७७ नम्बरको गाडी चढेर माछा मार्न गएका थिए ।

उक्त खोलामा माछा मार्न रोक लगाइएको छ । त्यसमा पछि बिजुली लगाएर माछा मारेपछि चिनियाँहरु पक्राउ परेका हुन् । गाउँपालिकाले उनीहरुलाई १५ हजार जरिवाना गराएपछि थप कारवाहीको निम्ति जिल्ला प्रशासन कार्यालय, स्याङ्जा पुर्याइएको छ ।

पक्राउ परेकामध्ये एक जना चिनियाँको पुतलीबजार नगरपालिका १३ मा ससुराली घर रहेको बताइएको छ ।

टिप्पणीहरू