बृद्ध महिलामाथि नाबालकको गिद्धे नजर

बृद्ध महिलामाथि नाबालकको गिद्धे नजर

६१ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक नाबालकसहित दुई जना समातिएका छन् । पाल्पा प्रहरीले उनीहरुलाई बलात्कारको आरोपमा हिजो दिउँसो पक्राउ गरेको बताइएको छ ।  

पक्राउ परेकामा रुपन्देही घर भई अहिले पाल्पाको तानसेन नगरपालिका–६ बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ का १८ वर्षीय एक किशोर छन् । जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार गत मंगलबार ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनीहरु हिजो समातिएका हुन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए पनि प्रहरीले थप जानकारी अहिले नै दिन नसकिने बताएको छ ।

टिप्पणीहरू