गाडी रिजर्भ गरेर गाउँ पस्ने, गाउँलेको खसीबोका चोरेर टाप कस्ने

गाडी रिजर्भ गरेर गाउँ पस्ने, गाउँलेको खसीबोका चोरेर टाप कस्ने

गाडी रिजर्भ गर्दै गाउँमा पसेर खसीबोका चोरी गर्दै आएको एउटा गिरोह समातिएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका स्थानीयले खसीबोका चोरी गर्दै आएको गिरोहलाई नियन्त्रणमा लिएका हुन् । 

बिहाबर र आशापुरी क्षेत्रमा केही दिनदेखि लगातार खसीबोका हराउन थाल्यो । दर्जन बढी खसीबोका चोरी भएपछि स्थानीय त्यसको खोजीमा लागेका थिए । 

रातभर नसुतेर चोर पत्ता लगाउन खोजेको उनीहरुले हिजो बेलुकी खसीबोका चोरिरहेको अवस्थामा उनीहरु फेला परेका हुन् । 

बा.२.ज.४३२७ नम्बरको गाडीमा आएका उनीहरु खसी चोरिरहेको अवस्थामा रंगेहात भेटिएको स्थानीयले बताए । बोका चोरहरुलाई कुटपिट गरेपछि गाउँलेले प्रहरीको जिम्मा लगाइदिएका थिए ।

टिप्पणीहरू