दिनदहाडै लुट्पाट गर्ने पुरुष रंगेहात पक्राउ

दिनदहाडै लुट्पाट गर्ने पुरुष रंगेहात पक्राउ

मोरङमा चोरी गर्दै हिँडेका एक पुरुषलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् । सुनवर्षी नगरपालिका ४ का स्थानीयले चोरलाई रंगेहात समातेर प्रहरीलाई बुझाएका हुन् । केही दिनदेखि चोरको बिगबिगी बढेपछि स्थानीयले निगरानी गरिरहेका थिए । सोही क्रममा ती पुरुष रंगेहात पक्राउ परेको बताइन्छ । 

उनले सुन र नगद लुट्ने, अन्य सामान चोर्ने गरेका थिए । सोही कुरो पत्ता लागेपछि स्थानीयले समातेर पिटेका हुन् । कुटपिटपछि प्रहरीलाई बुझाइएका ती पुरुषको साथबाट खुकुरी बरामद भएको छ । 

जिल्ला प्रहरी कार्यालय, मोरङले अनुसन्धान अघि बढाएको बताएको छ । तर हालसम्म चोरको परिचय दिइएको छैन ।

टिप्पणीहरू