श्रेस्तेदार कुट्ने वकिलमाथि कारबाहीको माग, जिल्ला अदालतद्वारा नेपाल बारलाई पत्र

श्रेस्तेदार कुट्ने वकिलमाथि कारबाहीको माग, जिल्ला अदालतद्वारा नेपाल बारलाई पत्र

जिल्ला अदालत काभ्रेपलाञ्चोकले अधिवक्ता दिपक शर्मा जंगमलाई कारबाहीको माग गरेको छ । अदालतका माननीय न्यायाधीश र कर्मचारीहरु समेतको संयुक्त बैठकले अधिवक्ता जंगममाथि कारबाही गर्न बारलाई पत्र लेख्ने निर्णय गरेको बताइएको छ ।

अदालतका निमित्त श्रेस्तेदार शेषराज दाहालले अधिवक्ता जंगमले अदालतका श्रेस्तेदार तथा मेलमिलापकर्ता गोविन्दप्रसाद घिमिरेमाथि हातपातको प्रयास गरेको सम्बन्धमा पत्र लेखिएको हो । मुद्दा मेलमिलापको छलफलका क्रममा हातपातको प्रयास तथा अमर्यादित व्यवहार गरेको उल्लेखित प्रतिवेदनका सम्बन्धमा अदालतको हिजो बसेको न्यायाधीश तथा कर्मचारीहरु समेतको बैठकबाट भएको निर्णयको प्रतिलिपी आवश्यक कार्यार्थ भन्दै नेपाल बारमा पठाइएको छ ।

काभ्रे बारका अध्यक्ष विष्णुप्रसाद सापकोटाको उपस्थितिमा अधिवक्ता जंगमले श्रेस्तेदार घिमिरेमाथि तथानाम गाली गलौज र हातपातसम्मको प्रयास गरेको आरोप छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, जिल्ला न्यायाधीश राजेन्द्र नेपाल र जिल्ला न्यायाधीश रिताकुमारी बखेलको उपस्थितिमा भएको संयुक्त बैठकले उक्त घटनापछि अदालतमा काम गर्नसक्ने वातावरण समेत नरहेको ठहर गर्दै कारबाहीको माग गरेको हो ।

टिप्पणीहरू