सार्वजनिक बिदामा पनि सेवा चलाउन सशस्त्रको सर्कुलर

सार्वजनिक बिदामा पनि सेवा चलाउन सशस्त्रको सर्कुलर

सशस्त्र प्रहरी बल नेपालले सार्वजनिक बिदाको दिनमा पनि सेवा सुचारु गर्न मातहतका इकाईलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले आगामी वर्ष २०८० मा दिइने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । सोही सूचीबमोजिम सेवा सुचारु गर्न सशस्त्रले मातहतका कार्यालयलाई अह्राएको हो ।

आगामी वर्षको सार्वजनिक बिदासम्बन्धी निर्णय राजपत्रमा चैत २ गते प्रकाशित भइसकेको छ । प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदामा पनि सार्वजनिक सेवा सुचारु गर्नुपर्नेछ । यसमा नागरिकता,राहदानी, कन्सुलर,भन्सार, राजश्व,क्वारेन्टाइन, सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा छन् । 

त्यसैगरी उद्योग, वाणिज्य,राष्ट्रिय परिचयपत्र,मालपोत, स्थानीय तहको सेवा, खानेपानी, विद्युत, खाद्य तथा गुणस्तर, परीक्षा सञ्चालन, शान्ति सुरक्षा र बैंक तथा वित्तीय संस्थाको सेवा पनि बिदामा सुचारु गरिनेछ ।

टिप्पणीहरू