मीटरब्याज पीडितलाई भोलि बिदाको दिनमा पनि सिंहदरबार बोलाइयो

मीटरब्याज पीडितलाई भोलि बिदाको दिनमा पनि सिंहदरबार बोलाइयो

सरकार र मीटरब्याज पीडितहरुबीच आज भएको वार्ता पनि निश्कर्षविहीन बनेको छ । 

गृह मन्त्रालयमा आज बिहान ८ बजेदेखि भएको वार्तामा ठोस प्रगति नभएको बताइएको छ । वार्ता भोलि बिहान ११ बजे पुनः गृह मन्त्रालयमा बस्ने सहमति भएको बताइएको छ ।

हिजो दिउँसो पहिलो वार्ता भए पनि साँझ ६ बजेसम्म छलफल स्थगित गरिएको थियो ।  साँझ वार्ता नभएपछि आज बिहान पुनः गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच भएको छलफल पनि निश्कर्षविहीन भएको छ ।

वार्तामा सरकारको तर्फबाट मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा नेतृत्वको टोलीले प्रतिनिधित्व गरेको छ । पीडितहरुको तर्फबाट मनोजकुमार पासवानले टोलीको नेतृत्व गरेका छन् ।
 

टिप्पणीहरू