चिनियाँ पर्यटक नेपाल आउन तम्तयार, त्यसअघि काठमाडौंमा सहजीकरणको पहल

चिनियाँ पर्यटक नेपाल आउन तम्तयार, त्यसअघि काठमाडौंमा सहजीकरणको पहल

चीनले नेपाललाई आफ्ना नागरिकको निम्ति पर्यटन गन्तव्य उल्लेख गरेपछि चिनियाँ पर्यटकहरु भित्रिने सम्भावना बढेको छ । चैत ३० देखि नेपालमा चिनियाँ पर्यटकहरु आउने क्रम बढ्ने भएपछि उनीहरुलाई सहजीकरणको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पहल भएको छ ।

हिजो दिउँसो विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी र काठमाडौंस्थित चिनियाँ राजदूतवासका अधिकारीहरुबीच कुराकानी भएको हो । चिनियाँ कूटनीतिज्ञहरुले विमानस्थलमा चिनियाँ पर्यटकहरुको निम्ति अनवश्यक र झण्झटिलो प्रक्रिया भए हटाइदिन आग्रह गरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू