रसुवागढी नाका पूर्णरुपमा खुल्यो

रसुवागढी नाका पूर्णरुपमा खुल्यो

चीनको तिब्बतसँग जोडिएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको  छ । तीन वर्षभन्दा बढी समयदेखि आवागमन रोकिएको उक्त नाकामा आजदेखि दोहोरो आवतजावत भएको बताइन्छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हालै ल्हासामा बसेको बैठकले गरेको सहमतिपछि नाका पूर्णरुपमा सञ्चालनमा आएको बताइएको छ ।

आजदेखि नाकामा नियमित आवतजावत गर्ने झण्डै दुई सय जनाको हिजो ऐटिन्जेन परीक्षण गरिएको छ । उनीहरुमध्ये अधिकांश चालक, कामदार, व्यापारी तथा व्यावसायी हुन् ।  

नाका यसअघि २०७७ असार २२ गतेदेखि आंशिक खुलेको थियो । २०७२ को भूकम्पपछि कोदारी नाकाको सट्टा चीनले रसुवागढी नाकालाई प्राथमिकता दिँदै आएको छ । त्यसअघि चीनसँग स्थल मार्गबाट हुने गरेको अधिकांश व्यापार कोदारीबाट हुन्थ्यो ।
 

टिप्पणीहरू