पशुपतिका हाकिमहरु कमिसनको खेलमा लागेको पर्यटनमन्त्रीको दाबी

पशुपतिका हाकिमहरु कमिसनको खेलमा लागेको पर्यटनमन्त्रीको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लागेको बताउनुभएको छ । आज बिहान पशुपतिनाथ क्षेत्रको सरसफाई कार्यक्रममा पुगेर फर्केेपछि मन्त्रीले उक्त दाबी गर्नुभएको हो । 

पशुपति परिसरबाट उहाँ सोझै पर्यटन बोर्डको कार्यक्रमलाई सम्बोधन गर्न जानुभएको थियो । सोही क्रममा कमिसनको कुरो उठाउनुभएको हो । उक्त अवसरमा कोषका अधिकांश पदाधिकारी कमिसनमा लिप्त भएको सूचना आफूले प्राप्त गरेको दाबी गर्नुभएको हो ।

बिहान सरसफाईमा जाँदा कोषका साथीहरु कमिसनतिर लागेको जानकारी सर्वसाधारणले सुनाएको मन्त्रीले उल्लेख गर्नुभयो । ‘रकम लिने तर पशुपति क्षेत्रको फोहोर नउठ्ने त्यहाँको रोगब बनेको छ,’ मन्त्री किरातीले भन्नुभयो ।

टिप्पणीहरू