बालविवाहविरोधी समूहसँग भेटेर अमेरिकी राजदूत काठमाडौं फिर्ता

बालविवाहविरोधी समूहसँग भेटेर अमेरिकी राजदूत काठमाडौं फिर्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन जनकपुरबाट काठमाडौं फर्कनुभएको छ । अस्ति बिहान नौ जनाको टोलीसहित जनकपुर जानुभएका उहाँ आज फिर्ता हुनुभएको हो । 

आफूहरु बालविवाह विरोधी समूहसँग भेटघाट गर्न त्यहाँ गएको राजदूत थम्पसनले जानकारी दिनुभएको छ । उहाँले ट्वीटरमा उक्त समूहसँग भएको प्रत्यक्ष भेटघाटबाट मधेश प्रदेशमा बालविवाह रोकथामको निम्ति भइरहेको प्रयासबारे जानकारी मिलेको उल्लेख गर्नुभएको छ ।

बालविवाहसम्बन्धी अपराध रोकथामप्रति देखिएको उनीहरुको उत्साह र भावनाले सबैलाई अभिप्रेरित गर्ने राजदूतको बुझाइ छ । उक्त कार्यमा अमेरिकी सरकारको साथ र समर्थन जारी रहने प्रतिबद्धता राजदूतको ट्वीटरमा जनाइएको छ ।

राजदूतको टोलीमा रहेका अमेरिकी सहयोग नियोग युएसएडका कन्ट्री डाइरेक्टर सेपिदेह किभान्साद पनि आजै राजधानी फर्केका छन् ।

टिप्पणीहरू