दोलखामा लगातार हिमपात, जनजीवन प्रभावित

दोलखामा लगातार हिमपात, जनजीवन प्रभावित

दोलखाको कालिञ्चोक र सैलुङ क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्रमा हिजो दिउँसो पनि हिउँ परेको बताइएको छ । 

बिदाको दिन परेकाले दुबै क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । हिजो हिउँ परेपछि आज हिमपातमा रमाउन उनीहरु कालिञ्चोक र सैलुङ पुगेका हुन् ।

दुई दिनको हिमपातपछि सदरमुकाम चरिकोटलगायत जिल्लामा चिसो बढेको बताइएको छ ।
 

टिप्पणीहरू