प्रेस लेखिएको गाडीमा लागुऔषध ओसारपसार

प्रेस लेखिएको गाडीमा लागुऔषध ओसारपसार

वीरगञ्जमा सवारी साधनमा प्रेस लेखेर लागुऔषध ओसारपसार गरिएको छ । आज त्यस्तो गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीको दाबी छ । 

प्रहरीका अनुसार "निगरानी अनलाइन डटकम" का नाममा रहेको सवारी साधनमा राखेर लागुऔषध ओसारिएको पाइएको हो । बा.७ च ४६४२ नम्बरको भ्यानमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा गाडी र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ । 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू