भारतीय रक्षा मन्त्रालयले ३६ हजार ४ सय करोडको सैन्य हतियार किन्ने

भारतीय रक्षा मन्त्रालयले ३६ हजार ४ सय करोडको सैन्य हतियार किन्ने

भारतीय रक्षा मन्त्रालयले मुलुकका सशस्त्र फौजको निम्ति कूल ३६ हजार ४ सय करोड भारतीय रुपैयाँ बराबरको हतियार र सैन्य प्रणाली खरिद गर्ने भएको छ । 

उक्त रकम बराबरको हतियार स्थल सेना,जल सेना,वायु सेनाको निम्ति खर्च गर्न लागिएको हो । भारतले यो वर्ष आफ्ना सेनाको निम्ति आकाश मिसाइल प्रणाली र जल सेनाको निम्ति ब्रम्होज मिसाइल प्रणालीको स्तरोन्नति गर्ने जनाएको छ । रक्षा मन्त्रालयको उक्त निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् आत्मनिर्भरतातर्फ उन्मुख भएको संज्ञा दिएका छन् । 

उक्त हतियारमध्ये जल सेनाको निम्ति १९ हजार ६ सय रुपैयाँ बराबरको सामाग्री खरिद गर्न इण्डियन सिपयार्डस्सँग सम्झौता गरिएको हो । रक्षा मन्त्रालयसँग गरिएको उक्त सम्झौताबमोजिमका सैन्य सामाग्री तयार पार्न भारतका आन्तरिक कम्पनीमा ९० हजार दिनको नयाँ रोजगारी उपलब्ध हुनेछ ।
 

टिप्पणीहरू