भारतको हतियार निर्यात हालसम्मकै उच्च,१६ हजार करोड पुगेपछि प्रधानमन्त्री मोदी दङ्ग

भारतको हतियार निर्यात हालसम्मकै उच्च,१६ हजार करोड पुगेपछि प्रधानमन्त्री मोदी दङ्ग

भारतले गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा धेरै रक्षा सामग्री (हतियार) निर्यात भएको बताएको छ । आर्थिक वर्ष २०२२/२३ मा उसले १५ हजार ९२० करोड भारतीय रुपैयाँ बराबरको रक्षा सामाग्री बिक्री गरेको थियो । 

रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गरेको उक्त तथ्याङ्कप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ‘उत्कृष्ट, मेक इन इण्डियाको निम्ति मार्ग प्रशस्त’ भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । त्यस्तो निर्यात पछिल्लो पाँच वर्षमा एक हजार ५२१ करोडबाट बढेर अहिले १५ हजार ९२० करोड पुगेको छ । आगामी वर्ष ३५ हजार करोड पुग्ने अनुमान छ । 

भारतले हालैमात्र फिलिपिन्ससँग २ हजार ७७० करोड भारु बराबरको सैन्य हतियार र सामाग्री बिक्रीको सम्झौता गरेको छ । त्यसैगरी दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमध्ये भियतनाम र इण्डोनेसियामा पनि उल्लेख्य निर्यात गर्दै आएको छ । 

भारतमा निर्मित रक्षा सामग्रीको माग पछिल्ला दिनमा मध्यपूर्वका युएई र साउदी अरेबियामा पनि बढेको बताइन्छ ।

टिप्पणीहरू