मेयरले आफ्नो एसईई दिन ज्वाईंलाई पठाए, पुलिसले छानबिन गर्दै

मेयरले आफ्नो एसईई दिन ज्वाईंलाई पठाए, पुलिसले छानबिन गर्दै

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको नामबाट एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

मेयर प्रेमलाल साह कानुको सट्टामा जाँच दिँदै गरेका गरुडा–६, पोठियाहीका कमल साहलाई प्रहरीले परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी मेयर कानुका ज्वाईँ रहेको बताइएको छ । 

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा अनुगमन गर्न गएको टोलीले आज बिहान साढे ९ बजे उनलाई पक्राउ गरेको हो । टोलीलाई शंका लागेर चेकजाँच गर्दा साह नक्कली परीक्षार्थी ठहरिएका थिए । 

मधेश प्रदेश, प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी महेन्द्रकुमार श्रेष्ठका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । अनुगमन टोलीले नक्कली परीक्षार्थी साहलाई पक्राउ गरेपनि उनी मेयर प्रेमलाल साह कानुका तर्फबाट परीक्षामा सहभागी भएका हुन् वा होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

टिप्पणीहरू