धादिङमा पनि एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

धादिङमा पनि एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

धादिङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । खनियाबास गाउँपालिकामा पर्ने बच्छलादेवी मावि परीक्षा केन्द्रमा अरुको नामबाट परीक्षा दिइरहेका सञ्जय तामाङ पक्राउ परेको बताइएको छ ।

खनियाबास गाउँपालिकाकै वृचेत माध्यमिक विद्यालयका परिक्षार्थी राज तामाङको सट्टा परीक्षा दिइरहेको अवस्थामा सञ्जय पक्राउ परेका हुन् । परीक्षा सञ्चालन भइरहेको कोठामा अनुगमन गर्ने क्रममा केन्द्राध्यक्ष चित्रबहादुर गुरुङसहितको टोलीले नक्कली विद्यार्थीले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धादिङका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका सञ्जयलाई शिक्षा ऐनअनुसार कारबाही हुने क्षेत्रीले बताए ।

ऐनअनुसार अरुको सट्टा परीक्षा दिनेलाई एक लाख रुपैयाँसम्म जरिवाना र कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

टिप्पणीहरू