विदेशमा श्रम गरेकाले चुने नयाँ नेतृत्व

विदेशमा श्रम गरेकाले चुने नयाँ नेतृत्व

अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध अखिल नेपाल प्रवासी श्रमिक मञ्चको प्रथम सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलन अन्टुफ फ्याक्सनका केन्द्रीय अध्यक्ष जगत सिंखडा र इन्चार्ज जयपुरी घर्तीको विशेष आतिथ्यमा सम्पन्न भएको बताइएको छ । 

सम्मेलनले दुर्गाप्रसाद खतिवडाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । उद्धवप्रसाद सापकोटालाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको छ ।  त्यस्तै, अन्य उपाध्यक्षमा हेमन्त पौडेल र हरि नेपाली निर्वाचित भएका छन् । तेजप्रसाद सुवेदी महासचिव र उत्तम विक सचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृष्णचन्द्र मण्डल निर्वाचित भएको जानकारी दिइएको छ । 

सम्मेलनले यादव सुवेदी, दिर्गमान तामाङ, इन्द्रमणि न्यौपाने, अम्बरबहादुर घलान, नरबहादुर नेपाली, छवि गिरी, डिल्लीमाया कट्टेल, राजेन्द्र खतिवडा, सविता अर्याल, रामचन्द्र अधिकारी क्षेत्री र कुलबहादुर आचार्यलाई सदस्यमा चयन गरेको छ । 

हिजो सम्पन्न सम्मेलनमा अन्टुफका उपाध्यक्ष धनबहादुर विक, एसबी थापामगर, महासचिव शालिकराम काफ्ले, उपमहासचिव विष्णु थापा, सचिव सोम तामाङलगायतको सहभागिता थियो ।

टिप्पणीहरू