तत्कालीन उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका तत्कालीन उपसचिवसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्त गरेको भेटिएपछि अख्तियारले सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रुपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायणप्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायरा गरेको बताइएको छ । 

हाल सर्लाहीको हरिपूर्वा नगरपालिका–५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउन अवैध क्रियाकलापमा संलग्न रहेको देखिएकाले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।  

उनले उपसचिव तिमल्सिना र डिम माविका तत्कालीन प्रधानाध्यापक बरालको मिलोमतोमा उच्च मावि अध्यापनको निम्ति शिक्षक रायको नक्कली कागजात बनाएर नियुक्ति दिलाइएको प्रमाण फेला परेको हो । अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ ।

टिप्पणीहरू