खुकुरी प्रहार गर्ने राई र घाइते पूर्व डिसपीको परिचय खुल्यो

खुकुरी प्रहार गर्ने राई र घाइते पूर्व डिसपीको परिचय खुल्यो सांकेतिक तस्बिर

राजधानीमा नेपाल प्रहरीका पूर्व डिएसपीमाथि हिजो साँझ खुकुरी प्रहार भएको छ । घाइते पूर्व डिएसपी रामहरि सिंखडामाथि हिजो कागेश्वरी मनोहरा नगरपालिका ५, थलीमा खुकुरी हानिएको थियो । 

स्थानीय प्रज्ञा सदन स्कूल नजिकै उनीमाथि प्रहार भएको हो । जग्गाको विषयमा सँधियारसँग विवाद हुँदा सँधियार उध्दव राईले डिएसपीलाई खुकुरी हानेको बताइन्छ । 

खुकुरी प्रहार गर्ने खोटाङ घर भएका राई हाल थलीमा घर किनेर बसोबास गर्दै आएका छन् । सिंखडा र राई दुबै जना जग्गाका सँधियार भएको स्थानीयले बताए ।

सिम्खडाको हात पछाडिको पातो, पाखुरा र हातको औंलामा चोट लागेको छ । प्रहरीद्वारा खोजी गरिएका राई फरार छन् ।

टिप्पणीहरू