मोटरसाइकलको पार्टस किन्न गएकामाथि नयाँ बानेश्वरमा रड प्रहार

मोटरसाइकलको पार्टस किन्न गएकामाथि नयाँ बानेश्वरमा रड प्रहार

नयाँ बानेश्वरको सहकारी विभाग नजिकै भक्तपुरका एक जनामाथि रड प्रहार भएको छ । विभाग नजिकैको विके इन्टरनेसनल अटोमा सामान किन्न गएका भक्तपुर कमल विनायकका स्याण्डी छुस्यावाबुमाथि अटो पार्टसका एक जना कर्मचारीले टाउकोमा फलाको रड वर्षाएको बताइएको छ ।

२३ वर्षे स्याण्डी सामान बिक्रेता अटोका साहु विकेसँग मोटरसाइकलको सामानबारे भनाभन हुने क्रममा अटोमा कार्यरत युवकले पछाडिबाट रडले टाउकाको हानेका हुन् । रड प्रहारपछि घाइते भएका छुस्यावाबुको टाउको, अनुहार र पछाडि ढाडमा घाउ भएको हो । 

घाइतेको नजिकैको सिभिल हस्पिटलमा उपचार भइरहेको जानकारी दिइएको छ । रड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर नयाँ बानेश्वर वृत्त तीनकुने लगेको बताइन्छ ।

टिप्पणीहरू