फ्ल्याट भाडामा लिएर ‘हनिट्रयाप’ धन्दामा संलग्न २३ जना पक्राउ

प्रहरीले अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषामा २३ जनालाई पक्राउगरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट आज साँझ पक्राउ गरेको बताइएको छ ।

उनीहरुले उक्त चोकमा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार उनीहरुले विभिन्न एपमार्फत् ‘हनिट्रयाप’ जस्तै धन्धा गर्दै आएको पाइएको छ । 

पक्राउ परेकामा १४ जना पुरुष र ९ जना महिला छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको पनि गौतमले बताए ।

टिप्पणीहरू