गेष्ट हाउसमा नाबालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

गेष्ट हाउसमा नाबालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६, धापासी बस्ने २१ वर्षीय आषिस तामाङ भन्ने निमा र काभ्रेपलाञ्चोक घर भई हाल सोही स्थान बस्ने २१ वर्षीय कुशल श्रेष्ठ पक्राउ परेका हुन् । 

तामाङले फेसबुकमार्फत् पीडित नाबालिकालाई साथी बनाई गत फागुन ६ गते टोखा, ग्रान्डी अस्पताल नजिकैको गेष्ट हाउसमा पुर्याए सामूहिक बलात्कार गरेका थिए । त्यसपछि फरार भएका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो धापासीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

टिप्पणीहरू