नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले आफ्नो टीमको घोषणा गरेका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्यसहितको प्यानल घोषणा गरेका हुन् । सो समूहले महासंघको वस्तुगत संघलाई बलियो बनाउने अभियानअनुरुप सबैजसो क्षेत्रलाई समेटेर टीम बनाइएको दाबीसमेत गरेको छ ।
विशेषगरी साना, लघु, घरेलु तथा कृषि, पर्यटन, निर्यात, उत्पादनमुलक, खाद्यान्नलगायत सबैजसो क्षेत्रलाई समेटेर सदस्यको उम्मेदवारी घोषणा गरेको जनाइएको छ । प्यानल घोषणा कार्यक्रममा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले नेपाल उद्योग वाणिज्य महासंघभित्र वस्तुगत संघलाई धेरै स्थान नदिएको गुनासो गरे ।
उनले अगामी दिनमा महासंघभित्र वस्तुगत संघको अधिकार र दायरालाई फराकिलो बनाई महासंघ निर्माण गर्न पनि आफ्नो समूहले उम्मेदवारी दिएको बताए ।
उमेशलाल श्रेष्ठ समूहको वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समूहको केन्द्रीय सदस्यका उम्मेदवारहरु :
अच्युत गरागाईँ – नेपाल टुर एण्ड ट्राभल एजेन्ट एसोसिएसन
किरण डंगोल – नेपाल हातेकागज संघ
खोज राज कटुवाल – कृषि मेशिनगरी व्यवसायी संघ
नानीराज घिमिरे – फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल
देवेन्द्र खड्का – कुरियर सर्भिस एसोसिएन अफ नेपाल
नरेशलाल श्रेष्ठ – नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ
पशुपतिदेव पाण्डे – गार्मेन्ट एसोसिएसन नेपाल
भक्त हमाल – केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल
रामेश्वर शाह – आउटसोर्सिङ एसोसिएसन नेपाल
रितेश लामिछान– गुड्स क्यारिएर एसोसिएसन
लिलेन्द्र प्रसाद प्रधान– नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएन
डा. सुवोध गुप्ता– चामल, तेल, दाल उद्योग संघ
हरि बहादूर कार्की– नेपाल निर्यात परिषद्