सफ्टवेयर किनेका तीन भाइ भ्रष्ट्राचारमा मुछिए

सफ्टवेयर किनेका तीन भाइ भ्रष्ट्राचारमा मुछिए

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासैनीसहित तीन जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता भएको छ । 

एक लाख ९९ हजार ८९७ रुपैयाँ भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासैनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनीहरुले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्ट्राचार गरेको अख्तियारले जनाएको छ । सफ्टवेयर खरिद गरेर प्रयोग नै नगरीकन सरकारी सम्पत्ति दुरुपयोग गरेको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

आरोपितमाथि भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसूरमा सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

टिप्पणीहरू