धमालटारमा जुवाको खाल, ९ जुवाडे पुलिसको फन्दामा

धमालटारमा जुवाको खाल, ९ जुवाडे पुलिसको फन्दामा

काठमाडौंको टोखामा नौ जना जुवाडे खालैबाट समातिएका छन् । 

टोखा नगरपालिका–३ बानियाँटार धमालटारका ३९ वर्षीय युवराज कडेलसहित ९ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्रेको हो । विशेष सुराकीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कडेलको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति पक्राउ गरेको बताइएको छ । 

प्रहरीले उनीहरुको साथबाट दुई लाख १३ हजार ७ सय रुपैयाँ नगद र ६ तासबुक बरामद गरेको छ । साथै, पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू