कर्मचारीको व्यक्तिगत विवरण खोज्दै किताबखाना

कर्मचारीको व्यक्तिगत विवरण खोज्दै किताबखाना

राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना गरेको छ । 

सूचनामा एक महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गराउन भनिएको छ । निजामती सेवा नियमावली, २०५० को नियम १० (क) मा सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्नुपर्ने एवम् अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, कर्मचारीहरुले आफ्नो वैयक्तिक विवरण नबुझाउँदा अद्यावधिक गर्न कठिनाइ परेको किताबखानाका सूचना अधिकारी प्रकाशजंग कार्कीले बताए । 

हालको पदमा भएको नियुक्ति, सरुवा, बढुवा, हालको कार्यालय, शैक्षिक योग्यता र तालिम, औषधी उपचार खर्च लिएको नलिएको, अध्ययन बिदा, असाधारण बिदा, प्रसुति बिदालगायतका सम्पूर्ण विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

वैयक्तिक विवरणका कागजात संकेत नम्बरसहित स्क्यान गरेर इमेलमार्फत अद्यावधिक गराउन सकिने किताबखानाले जनाएको छ । त्यस्तै, ललितपुरको पुल्चोकमा रहेको किताबखानाको कार्यालयमा स्वयम् उपस्थित भएर विवरण बुझाउन सकिन्छ ।

टिप्पणीहरू