एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल आमाका सन्तानको मावलीकै थर राखेर बालबालिकाको जन्मदर्ता गर्न निर्देशन दिएको छ । 

देशभरका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न भनेको हो । विभागका निर्देशक नवराज जैसीले पत्रमा भनेका छन्, ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने ।’

त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले उपाय सुझाएको छ ।

विभागको परिपत्रमा बालबालिकाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता बनाउन समेत निर्देशन दिइएको छ ।

टिप्पणीहरू