रियादबाहिर राहदानी उपलब्ध गराउने नेपाली दूतावासको तयारी

रियादबाहिर राहदानी उपलब्ध गराउने नेपाली दूतावासको तयारी

साउदी अरेबियामा रहेको नेपाली राजदूतावासले राहदानीको आवेदन संकलनका लागि शिविर सञ्चालन गर्ने भएको छ । राजधानी रियादभन्दा टाढा रहेका नेपालीलाई लक्षित गरेर दूतावासले शिविर सञ्चालन गर्न लागेको जनाएको छ । 

नेपाली श्रमिकलाई राहदानी बनाउनैका लागि दूतावास धाउन समस्या हुने भएकाले बेलाबखत विभिन्न ठाँउमा शिविर सञ्चालन गर्ने गरिएको छ । अप्रिल २८ र २९ गते दमामको अल असेम रेष्टहाउस फर फेस्टिबलमा शिविर सञ्चालन गर्न लागिएको हो । 

राहदानी आवेदनका लागि अनलाइन भरेको (प्रि–इनरोल गरेको) फाराम, सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नम्बर ३१ को फोटोकपी, नागरिकताको अगाडि र पछाडिको पेजको फोटोकपी अनिवार्य साथमा लिएर उपस्थित हुन दूतावासले जानकारी गराएको छ । 

त्यस्तै, हराएको राहदानी नवीकरण गर्नुपर्ने भए प्रहरी रिपोर्ट वा कम्पनीले राजदूतावासलाई सम्बोधन गरेर लेखेको पत्र पेश गर्नुपर्नेछ ।
 

टिप्पणीहरू