बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी सिंहदरबारमा समातिए

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी सिंहदरबारमा समातिए

बैंकिङ्ग कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्रेको छ । गुल्मीको छत्रकोट गाउँपालिका ४ घर भई हाल काठमाडौँको कलंकी बस्दै आएका ४९ वर्षीय दिपक न्यौपाने समातिएका हुन् ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले उनलाई बैंकिङ्ग कसूर मुद्दामा दोषी ठहर गर्दै सात दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अदालतको फैसलालगत्तै फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले आज सिंहदरबारबाट नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेका उनलाई उच्च अदालत पाटनको उक्त फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत ललितपुर पठाइएको छ ।

टिप्पणीहरू