भित्री वस्त्रमा युवती मेट्रो चढ्न थालेपछि नयाँ दिल्लीको जमिनमुनि ‘हंगामा’

भारतमा एक युवती बिकिनी लगाएर मेट्रो रेलमा छिरेपछि हंगामा मच्चिएको छ । भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेदझैं छोटो लुगा लगाएर चर्चामा आउन खोजेको भन्दै उनलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गरिएको छ । 

‘टु पिस’ लगाएर मेट्रो चढेकी ती युवतीलाई देखेर यात्रुहरु आश्चर्यचकित बनेको बताइन्छ । उनको भिडियो क्षणभरमा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आपत्तिजनक देखिने छोटो लुगा लगाएर यात्रा गर्न अनुमति दिएको भन्दै विवाद भएपछि दिल्ली मेट्रो रेल कर्पोरेशनले सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक सद्भावना कायम राख्न अपिल गरेको छ । यात्रुहरुलाई कम्तीमा सामाजिक मूल्य,मान्यता कायम रहने सामान्य कपडा लगाएर यात्रा गर्न कर्पोरेशनले आग्रह गरेको हो । 

‘सार्वजनिकस्थलमा अरुको संवेदनामाथि ठोस पुर्याउने पहिरन लगाउन पाईंदैन । दिल्ली मेट्रो रेल कर्पोरेशन सञ्चालन र मर्मत ऐनले ‘सेक्सन ५९’ अन्तर्गत उक्त कार्यलाई दण्डनीय अपराधका रुपमा सूचीबद्ध गर्दछ’, कर्पोरेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू