नयाँ वर्षको दिन विभूषण पाउनेले चैत २९ गतेभित्र गृह मन्त्रालय जानैपर्ने

नयाँ वर्षको दिन विभूषण पाउनेले चैत २९ गतेभित्र गृह मन्त्रालय जानैपर्ने

सरकारले नयाँ वर्षका दिन विभूषण वितरण गर्ने भएको छ । गत असोज ३ गते संविधान दिवसका दिन घोषित मानपद्वी आगामी बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गर्ने कार्यक्रम छ । 

नेपाल रत्न, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री प्राप्तिका लागि छनोट भएका सबैलाई आजदेखि चैत २९ गतेभित्र आफ्नो परिचयपत्र खुल्ने प्रमाणसहित सुशोभन समारोहका लागि प्रवेशपत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ । 

वैशाख १ गते राष्ट्रपतिको कार्यालय, शितल निवासमा विभूषित गर्ने कार्यक्रम छ । ‘२०८० साल वैशाख १ गते शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको भवन, महाराजगञ्जमा विभूषित गरिने कार्यक्रम रहेको हुँदा २०७९ चैत २४ देखि २९ गतेसम्म गृह मन्त्रालय, सिंहदरबारमा आ–आफ्नो परिचय खुल्ने प्रमाणसहित सम्पर्क गरी सुशोभन समारोहको प्रवेशपत्र लिनुहुन सम्बन्धित सबैलाई अनुरोध छ’, जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू