नेपाली सेनालाई डाक्टर, इञ्जिनियर, फिल्म निर्देशक चाहियो

नेपाली सेनालाई डाक्टर, इञ्जिनियर, फिल्म निर्देशक चाहियो

नेपाली सेनाले विभिन्न पदमा कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना प्रकाशित गर्दै विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो । 

उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत पदका लागि आवेदन आह्वान गरिएको सेनाले जनाएको छ । त्यस्तै, खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्नका लागि सेनाले रिक्त रहेका प्राडा/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि पनि दरखास्त मागिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जानकारी दिएको छ ।

टिप्पणीहरू