६० वर्षीय पुरुषमाथि २४ वर्षीया युवती बलात्कार गरेको आरोप

६० वर्षीय पुरुषमाथि २४ वर्षीया युवती बलात्कार गरेको आरोप

२४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–२ वाक्साका ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले जबरजस्ती करणीको अभियोगमा समातेको हो ।
 
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो ती युवतीलाई जबरजस्ती करणी उजुरीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ ।
 
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू