भारतबाट मोटरसाइकलमा फर्किनेहरूको साथमा खैरो हिरोइन

भारतबाट मोटरसाइकलमा फर्किनेहरूको साथमा खैरो हिरोइन

झापाको मेचीनगरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–११ सालबारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय यामबहादुर अधिकारीलाई प्रहरीले खैरो हिरोइनसहित समातेको हो । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई १ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइनसहित मेचीनगर नगरपालिका–६ बाट हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४२६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथमा हिरोइन भेटिएको थियो । त्यसपछि प्रहरीले समातेर दुबैमाथि थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू